बाटुलेचौरको स्विमिङ पुलमा डुबेर थापाको मृत्यु

पाेखरा | जेठ २८, २०८०

बाटुलेचौरको स्विमिङ पुलमा डुबेर थापाको मृत्यु Filed Photo of Swimming Pool- Mirror House, Batulechaur, Pokhara

पोखरा:   पोखरामा एक बालकको स्विमिङ पुलमा डुबेर मृत्यु भएको छ ।

 

कास्की प्रहरीका अनुसार मृत्यु हुनेमा पोखरा महानगरपालिका ८ आलुमाइला चोकका १० वर्षीय ऐनक्स थापा रहेका छन् ।

 

पोखरा महानगरपालिका १६ बाटुलेचौरस्थित मोहनदत्त पोख्रेलले संचालन गरेको मिरर हाउससँगै रहेको स्विमिङ पुलमा शनिबार ऐनक्स पौडी खेल्ने पुगेका थिए । 

 

सोही क्रममा डुबेका उनलाई उपचारका लागि दीप अस्पतालमा पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको थियो ।

 

सो घटनाबारे वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोली थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


 

काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...

थप पढ्नुहोस्

गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ ।   रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...

थप पढ्नुहोस्

गण्डकी:   कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ ।   रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...

थप पढ्नुहोस्